मौद्रिक नीतिले ‘स्ट्रेस फिल’ गराएको बैंकर्सको गुनासो, राष्ट्र बैंक भन्छः एक वर्ष जोहो गर्नुस्

  २०७७ साउन ३० गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले बैंकहरुलाई स्ट्रेस फिल अर्थात तनाव महसुुस भएको बैंकरहरुले गुनासो गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले शुक्रबार यस्तो गुनासो गरेका हुन् ।

शुक्रबार राजधानी काठमाडौंमामा नेपाल उद्योग वाणिजय महासंघले आयोजना गरेको मौद्रिक नीतिमा गरिएका व्यवस्था र कार्यान्वयनको अवस्था सम्बन्धि कार्यक्रममा दाहालले मौद्रिक नीतिले बैंकहरुलाई केही असहज र तनाापूर्ण अवस्था सिर्जना गराएको गुनासो गरेका हुन् ।

सो अन्र्तक्रिया कार्यक्रममा दाहालले कोरोना भाइरसको महामारीलाई सबै मिलेर समाधान तथा जोखिम बहन गर्नुपर्ने भएको भएपनि बैंकहरुलाई भने थोरै समस्या हुन सक्ने संकेत व्यक्त गरे ।

उनले अहिले बैंकहरुले भोगेको समस्या र व्यहोर्नु परेको आर्थिक क्षतिको आँकडा यकिन नगरेपनि त्यसको संकेत भने गरे । मौद्रिक नीति मार्फत आएका व्यवस्थाहरुलाई सबै बैंक तथा वित्तीय संस्थाहरुले कार्यान्वयन गरिसकेको जानकारी गराउँदै बैंकले मात्र जोखिम बहन नगरी बैंकमार्फत सप्लाई भएको राहत उपभोक्तासम्म जानु पर्ने धारणा राखे ।

‘हामीले उद्योगी व्यवसायीहरुको राहत र आर्थिक पुनरुत्थानका लागि राष्ट्र बैंकले निर्देशन गरे अनुसार नै काम गरेका छौं, हामीले उद्योगी व्यवसायीलाई दिएको राहत उद्योगीले मात्र नभएर उपभोक्ताले पनि पाउनु पर्छ, तव मात्र हामीले सोचेको जस्तो देश बन्न सक्छ, यसका लागि हामी सबैले मिलेर काम गर्नु पर्छ,’ दाहालले भने ।

राष्ट्र बैंकको सर्कुलर हामीले पूर्ण रुपमा कार्यान्वयन गरेका छौं, अझै पनि तपाईरुलाई कुनै असन्तुष्टि छ भन हामीले गुनासो सुनुवाईको व्यवस्था पनि गरेका छौं, त्यसमा गुनासो गर्न सक्नुहुन्छ, नभए राष्ट्र बैंकमै गुनासो गर्नसक्नुहुन्छ, तर तपाईहरुले पनि बैंकबाट सप्लाई भएको राहत उपभोक्तासम्म पुर्याउनुु पर्छ, उनले व्यवसायीलाई भने ।

राष्ट्र बैंकले गरेको सर्कुलरमा बैंकहरुले कुनै पनि कम्प्रमाइज नगरेको पनि उनले बताए । उनी भन्छन्, ‘राष्ट्र बैंकले तिमी बिराम भएका छैनौं मात्र भन्यो, हामी बिरामी भएका छौं कि छैन त्यो हामीलाई थाहा छ, हामी सबैले बाँच्ने हिसावले काम गर्नुपर्छ,’ उनले भने ।

उनको गुनासोको प्रतिक्रिया दिँदै राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले यो अवस्थामा सबैले मिलेर जानुपर्ने भएकोले अलिकति जोखिम बहन त स्वभाभिक भएको बताए ।
‘कोरोनाको महामारी छ, सबैलाई समस्या नै भएको छ, हामीले पनि कसले कति जोखिम बहन गर्न सक्छ र कसरी आर्थिक पुनरुत्थान गर्न सकिन्छ भनेरै अध्ययन गरेर सम्पूर्ण व्यवस्थाहरु गरेका हौं, एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्छ,’ उनले भने ।

‘हामीले बैंकहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम कोभिड १९ कोषमा हाल्न लगाएका छौं, उद्योगी व्यवसायीहरुलाई सहुलियत ब्याजमा ऋण पनि भनेका छौं, स्वभाविक रुपमा यो वर्ष बैंकहरुले धेरै आर्थिक भार ब्यहोर्नु परेको छ, तर यो आर्थिक भार यो वर्ष मात्र व्यहोर्ने हो, यो वर्ष जसरी भएपनि जोहो गर्नुस्, सिवाकोटीले भने ।

उनले बैंकको नाफा घट्यो भने कुनै पनि क्षेत्र बाँच्न नसक्ने धारणा राख्दै सबैले विन–विन किसिमले अगाडि बढ्नु पर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.