काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा देखियो कोरोना

  २०७७ साउन ३० गते १७:१२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा कोरोना देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ८३, ललितपुरको ३० र भक्तपुरको ५ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन् ।

योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १६९७ पुगेको छ।

आज देशभर ५ सय ९४ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.