नेपालमा थप ५ सय ९४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्‍यु

  २०७७ साउन ३० गते १६:३८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ९४५ जनामा कोरोना भाइरस देखिएको बताएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.