कुमारी बैंकले कमायो एक अर्ब २२ करोड नाफा, प्रतिसेयर नेटवर्थ बढेर १३६ पुग्यो

  २०७७ साउन ३० गते १५:१५     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ०.३१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा अनुसार बैंकको वितरण योग्य मुनाफा ७१ करोड २८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी बढेर ३ अर्ब ६३ करोड रुपैयाँ नाघेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सो अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, सञ्चालन मुनाफा ०.७१ प्रतिशतले घटेर एक अर्ब ७५ करोड रुपैयाँमा सीमित रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कजा लगानी दुबैमा वृद्धि भएको हो । गत असार मसान्तसम्ममा बैंकले निक्षेप संकलन ५२.१४ प्रतिशतले वृद्धि गरी १ खर्ब ११ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा लगानी ५९.२१ प्रतिशतले वृद्धि गरी एक अर्ब १६ करोड रुपैयाँ परिचालन गरेको छ ।

१२ अर्ब ५२ करोड रुपैयाँ रहेको चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष ८२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा २ अर्ब ९ करोड रुपैयाँ जगेडा रहेको बैंकको गत आवमा ३ अर्ब ८२ करोड रुपैयाँ सञ्चित रहेको छ ।

त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ९.८२ प्रतिशतले घटेर १२.७७ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ बढेर १३६.४७ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.४१ प्रतिशत, कष्ट अफ फण्ड ६.७७ प्रतिशत, आधार दर १०.०८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.