व्यापारिक केन्द्र न्यूरोडका पसल बन्द

  २०७७ साउन ३० गते १४:०५     विकासन्युज

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रका एक व्यापारीमा कोरोना भाइरस देखिएपछि पसलहरु बन्द गरिएका छन् । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडानम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशाल बजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको बताइएकाे हाे ।

वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध शालिकदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.