राष्ट्रिय वाणिज्य बैंक नाफामा अझै अगाडि, निक्षेप २२ प्रतिशतले बढ्दा एनपीएलमा पनि सुधार

  २०७७ साउन ३० गते १२:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नाफा आर्जनमा अझै अगाडि देखिएको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ ।

कोरोना भाइरसको कारण बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा ११ प्रतिशतले घटेपनि अन्य बैंकभन्दा भने बढी नै नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको थियो ।

वाणिज्य बैंकले असार मसान्तसम्म २ खर्ब ३० अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत वर्ष अघिल्लो आवको तुलनामा निक्षेपमा २२ प्रतिशत र कर्जामा ६.१८ प्रतिशत सुधार गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ खर्ब ८९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब बढी कर्जा प्रवाह गरेको थियो ।

बैंकले खराब कर्जाको अनुपातलाई पनि घटाएको छ । अघिल्लो वर्षको साेही अवधिसम्म ४.७९ प्रतिशत रहेको खराब कर्जाको अनुपात (एनपीएल)गत वर्ष घटेर ४.०८ प्रतिशत कायम गराएको छ ।

बैंकको कष्ट अफ फण्ड ३.६९ प्रतिशत, बेस रेट ५.८० प्रतिशत, स्प्रेडदर ४.२६ प्रतिशत कायम गरेको छ । ९ अर्ब चुक्ता पूँजी पूँजी भएको वाणिज्य बैंकको १३ अर्ब रुपैयाँ जगेडा कोषमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.