विजय लघुवित्तको नाफा साढे ५ करोड बढी, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ

  २०७७ साउन ३० गते ११:५६     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७५ प्रतिशत घटी हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले ६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाले २१ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.४८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा संस्थाले १६ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा लघुिवत्तको सञ्चालन नाफा ९ करोड ७३ लाख रुपैयाँबाट घटेर ८ करोड ५५ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ५९ करोड ३३ लाख रुपैयाँबाट बढेर ७९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी २ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

हाल २२ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी २५.९५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४७.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.३१ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार ७ सय ६६ रुपैयाँ रहेको छ ।

त्यसैगरी, लघुवित्तको कष्ट अफ फण्ड घटेर १०.६० प्रतिशत, सीडी रेसियो घटेर ९३.०९ प्रतिशत र निष्क्रिय कर्जा बढेर ३.२४ प्रतिशतमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.