इजरायलले पत्ता लगायो १ सेन्टमा कोरोना परीक्षण गर्ने विधि, ३० मिनेटमै नतिजा, मेसिनको मूल्य २ सय डलर

  २०७७ साउन ३० गते ११:४४     विकासन्युज

काठमाडौं । इजरायलको सबैभन्दा ठुलो मेडिकल सेन्टरले केही सेकेण्ड मै थुकबाट कोरोना भाईरसको संक्रमण पत्ता लगाउने नयाँ परीक्षण विधिको विकास गरेको जनाएको अन्तर्राष्ट्रिय संचार माध्यम राेयटर्सले उल्लेख गरेकाे छ ।

इजरायलको सेबा मेडिकल सेन्टरको सेन्टर फर जियोग्राफिक मेडिसिन एण्ड ट्रपिकल डिजिजले यो नयाँ र सजिलो परीक्षण विधिको विकास गरेको जनाएका हो ।

यस विधि अनुसार बिरामी व्यक्तिले नुन पानीले मुख सफा गरि एउटा भाँडामा थुक्नु पर्दछ । त्यसपछि त्यसलाई एउटा स्पेक्ट्रल डिभाईस अर्थात साधारण रुपमा भन्नुपर्दा उक्त नमुनामा केही लाईटको प्रयोग गरेर परीक्षण गरिन्छ ।

यस विधिको परीक्षणलाई नेतृत्व गरिरहेका एलि स्कवार्टजका अनुसार कोभिड १९ को परीक्षणको लागि प्रयोग हुने पिसिआर स्वाब परीक्षण भन्दा धेरै नै सजिलो रहेको छ ।

‘हालसम्म हाम्रो परीक्षणको नतिजा निकै आशालाग्दो छ र यो निकै सजिलो र सस्तो विधि रहनेछ,’ उनले भने ।

सेन्टरका अनुसार सयौं व्यक्तिमा गरिएको उक्त विधिको सुरुवाती किल्निकल परीक्षणमा ९५ प्रतिशत सफल नतिजा प्राप्त गरेको पाइएको छ ।

जेरुसेलम हेबु्र युनिभर्सिटीका विज्ञ आणविक भाईरोलेजिष्ट एमोस प्यानेटले उक्त विधिमा अन्तिम निर्णय गर्नुअघि परीक्षणको थप धेरै डाटा र तुलनाहरु हेर्न चाहेको बताए ।

‘मानिसमा जति धेरै बिरामी हुन्छ, उसको थुकमा भएको भाईरस झनै धेरै बढ्छ । यदि यस विधिले मान्यत पाउने हो भने यो एउटा परिवर्तनकर्ताको रुपमा रहनेछ’, उनले भने ।

सेबाले यस विधिलाई बजारमा ल्याउन चाहिने उपकरण बनाउन ईजरायली फर्म न्युसाईट ईमेजिङसँग सहकार्य गरेको छ ।

उक्त कम्पनीका अनुसार उनीहरु नियामकको स्विकृति लिने तयारीमा छन् । हरेक परीक्षण मात्र ०.०१ डलर र मेसिनको मात्र २०० डलर खर्च लाग्नेछ । र, यसको नतिजाको लागि ३० मिनेट मात्रै लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.