सुनको उकालो यात्रा फेरि शुरु, आज ८ सय रुपैयाँले बढ्यो

  २०७७ साउन ३० गते ११:२३     विकासन्युज

काठमाडाैं । सुनकाे उकालाे फेरि शुरू भएकाे छ । बुधबार ६ हजार २ सयले घटेकाे सुनकाे मूल्य बिहीबार २ हजार ४ सय रुपैयाँले बढेकाे थियाे । फेरि शुक्रबार सुनकाे मूल्य उकालाे लागेकाे हाे ।

शुक्रबार सुनकाे मूल्य  ताेलामा ८ सय रूपैयाँले बढेकाे हाे । शुक्रबार प्रतिताेलाकाे मूल्य ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ रहेको छ । बिहीबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.