वोमी लघुवित्तको नाफा ५६ प्रतिशतले घट्याे, प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ

  २०७७ साउन ३० गते १०:५६     विकासन्युज


काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.६४ प्रतिशत घटी हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाले १७ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.५६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा संस्थाले १३ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ६१ करोड ८८ लाख रुपैयाँबाट बढेर ८६ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी १ अर्ब ८२ करोड रुपैयाँबाट बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

हाल २७ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर १८ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।  हाल संस्थाको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १०३.४६ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९२६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.