प्रविधिमा फड्को मार्दै माछापुच्छ्रे बैंक, नेपालमै पहिलो पटक भित्र्यायाे ‘वी च्याट’ सेवा

  २०७७ साउन २९ गते १९:१२     विकासन्युज


काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक ‘वी च्याट’ वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै ‘वी च्याट’ वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजी प्रा. लि. सँगको सहकार्यमा उक्त ‘वी च्याट’ वालेट संचालनमा ल्याएको हो । उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसंग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि ‘वी च्याट’ वालेटबाट भुक्तानी गर्न सक्नेछन् ।

बैंकले हाल १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.