कारोना रोकथामका लागि एनएमबि लघुवित्तले दियो १३ लाख ६२ हजार रुपैयाँ

  २०७७ साउन २९ गते १८:५५     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि १३ लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो मात्राको सहयोग गरेको हो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा २०७७ असार मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय गरेको थियो । सोही बमोजिम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरिएको संस्थाले जनाएको छ ।

कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले हाल विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने लघुवित्तको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.