कोरोनाको हटस्पट बन्दै कुलेश्वर-कलंकी क्षेत्र, वडा नै सील गर्ने तयारी

  २०७७ साउन २९ गते १७:५५     विकासन्युज

काठमाडाै् । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाे छ । साे वडामा बिहीबार मात्रै थप १० जनामा कोरोना देखिएको छ ।

हिजाे साे वडामा २९ जनामा कोरोना पुष्टि भएको थियाे । कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ। साथै बल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका छन्।

उक्त वडामा सिल गर्ने तयारी भइरहेकाे बताइएकाे छ । वडा कार्यालयले तीन दिनदेखि सेवा दिन बन्द गरिसकेकाे छ । कलंकीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि सेवा दिन बन्द गरेको छ ।

वडा कार्यालयले फलफूल र तरकारी विक्री वितरण बिहान ५ देखि ९ बजेसम्म मात्रै गर्न दिइएको छ। फुटपाथमा हुने व्यवसाय पूर्ण रूपमा रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.