दोलखामा लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर

  २०७७ साउन २९ गते १७:१०     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ । छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका-वडा न. ३, जाफेमा स्थापना भएको हो भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका-वडा न. ८, सुनखानीमा रहेको छ ।

यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.