राष्ट्र बैंकले भन्योः काम कम गर्नु/गराउनु, कर्मचारीको स्वास्थ्यलाई बढी ध्यान दिनु, उपचार खर्च बैंकले नै व्यहोर्नु

  २०७७ साउन २९ गते १६:४९     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना भाइरसको जोखिम बढ्दै गएकोले कर्मचारीको स्वास्थ्यलाई  ध्यान दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना भाइरस सुरक्षा व्यवस्थापन समूह गठन गर्नपनि निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्ताे निर्देशन गरेकाे हाे । कोरोना भाइरसको समयमा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नु पर्ने रकम सबै बैंकहरुले नै व्यहोर्न पनि निर्देशन गरेको छ ।

‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा हशोटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ परिपत्रमा भनिएको छ ।

कोरोना भाइरसको जोखिम पछिल्लो समय बढ्दै गएकोले घरमै बसेर र आलोपालो कार्यालय गएर काम गर्ने व्यवस्था मिलाउन परिपत्रमा उल्लेख गरिएका छ । २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन निर्देशन जारी गरेको छ ।

यस्तै, राष्ट्र बैंकले अहिले डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन पनि परिपत्रमा उल्लेख गरेको छ । साथै, इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराइ रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ । बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाइ सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिनुपर्ने उल्लेख गरेको छ ।

 

One comment on "राष्ट्र बैंकले भन्योः काम कम गर्नु/गराउनु, कर्मचारीको स्वास्थ्यलाई बढी ध्यान दिनु, उपचार खर्च बैंकले नै व्यहोर्नु"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.