बिहिबार काठमाडाैं उपत्यकामा थपिए १ सय २७ जना कोरोना संक्रमित

  २०७७ साउन २९ गते १६:३०     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२७ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।

संक्रमितहरु काठमाडाैंकाे १११, ललितपुरकाे ११ र भक्तपुरकाे ५ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ११७८ ललितपुरमा १८३ र भक्तपुरमा ११८ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १५७१ पुगेको छ ।

आज देशभर ५२५ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.