बिहिबार नेपालमा थप ५ सय २५ जनामा काेराेना पुष्टि, ४ जनाकाे मृत्‍यु

  २०७७ साउन २९ गते १६:२८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय २५ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४ हजार ९ सय ५७ जना पुगेकाे छ ।

हाल क्वारेन्टिनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ भने थप ४ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.