अब सिटी एक्सप्रेसको भुक्तानी एनआईसी एशिया लघुवित्तको जुनसुकै शाखाबाट हुने

  २०७७ साउन २९ गते १४:२१     विकासन्युज

काठमाडौं । अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ । सो सम्बन्धी सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्तबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार लघुवित्तको सबै शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारको भुक्तानी हुनेछ । हाल एनआईसी एशिया लघुवित्तको १०५ वटा शाखाहरु रहेका छन् ।

उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.