प्रतितोला २४ सयले बढ्याे सुन, ताेलाकाे ९७ हजार ८ सयमा काराेवार

  २०७७ साउन २९ गते ११:२५     विकासन्युज

काठमाडाैं । बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे जनाएकाे हाे ।

याेसँगै सुन बिहिबार प्रतितोला ९७ हजार ८ सयमा काराेवार भईरहेकाे महासंघले जनाएकाे छ ।बुधबार सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै बिहिबार तेजावी सुन प्रतितोला ९७ हजार ३ सयमा कारोवार भइरहेको छ भने चाँदीको मुल्य प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २ सय ९५ मा कारोवार भइरहेको छ । बुधबार चाँदी  प्रतितोला १ हजार २ सय १० रुपैयाँमा काराेवार भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.