विद्युत प्राधिकरणका कर्मचारीको कोरोनाबाट मृत्यु

  २०७७ साउन २८ गते १९:०५     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण भएर मृत्यु भएकाे छ । विराटनगर वितरण केन्द्रका ५७ वर्षीय कर्मचारीको मृत्यु भएको बताइएकाे छ । मृतक मधुमेह र दमका रोगी थिए ।

विराटनगर महानगरपालिका स्थायी घर भएका उनको दिउँसो ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि सोमबार कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

One comment on "विद्युत प्राधिकरणका कर्मचारीको कोरोनाबाट मृत्यु"

  • Bhumnanda Aryal says:

    दुखद_खबर
    सिताराम दाहालको उपचारको क्रममा देहान्त भएको खबरले समग्र आधिकारिक ट्रेड युनियन परिवार मर्माहत भएको छ । प्राधिकरण परिवारले यस प्रकारको पहिलो दु:खद घटना ब्यहोर्न बाध्य भएको छ । स्व. सिताराम दाहाल प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।

    अत्यावस्यक विद्युत सेवा प्रवाहमा समर्पित हुँदै गर्दा संक्रमीत हुन पुग्नु भएका सबै कर्मचारिहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै मित्रहरु सुरक्षित हुन अपिल गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.