अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द

  २०७७ साउन २८ गते १८:५१     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले १५ दिन अत्यावश्यक बाहेकका सेवा बन्न गर्ने निर्णय गरेको छ । महानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गरी अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गरेकाे जनाएकाे हाे ।

दिनदिनै कोरोना संक्रमण बढिरहेकोले महानगरपिलकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । याे  अवधिमा महानगरपालिकाले स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन हुने बताइएकाे छ ।

यसअघि काठमाडौं उपत्यकामा रहेका नगरपालिकाहरुको मेयरहरुको संगठन नगरपालिका मेयर्स फोरमको बैठकले स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.