सिजीले लञ्च गर्यो आफ्नो आधिकारीक वेबसाईट

  २०७७ साउन २८ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नं.१ ब्राण्ड बन्न सफल सिजीले आफ्नो आधिकारीक वेबसाईट सिजीइन्स्पाइरिङ्गलाईफडटकम लन्च गरेको छ । यो वेबसाईट ग्राहक, डिलर तथा सम्पूर्ण ग्राहकलाई ध्यानमा राखि, आफ्ना सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देश्यका साथ बनाईएको हो ।

यस वेबसाईटमा उपभोक्ताहरुले आफुले खरिद गर्ने सामानको विशेषतादेखि लिएर वारेण्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सक्नेछन् । यस वेबसाईटमा सि.जी.ब्राण्डमा रहेका एल.ई.डि टि.भी., रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राईजकुकर, मिक्चर, वाटरडिस्पेन्सर आदी जस्ता सम्पूर्ण घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी रहेको छ ।

यसमा रहेको सर्पोट सेक्सनमा ग्राहकहरुले आफ्नो समस्या र वारेण्टी आदिको दाबी दर्ता गर्नूका साथै सोको अवस्था वेबसाईटबाट नै हेर्न सकिनेछ । साथै ग्राहक वर्गहरुको सुविधाको लागि यस वेबसाईटमा सि.जी.का सर्भिस सेन्टरहरुको स्थान र सम्पर्क नं. पनि राखिएको छ ।

यसमा भएको स्टोर सेक्सनबाट ग्राहकहरुले आफ्नो नजिकमा रहेको सोरुम पनि सजिलै पत्ता लगाउन र सम्पर्क पनि गर्न सक्नेछन् ।

विभिन्न अवसरमा कम्पनीले ल्याउने अफर तथा छुटको बारेमा पनि जानकारी दिने काम यो वेबसाईटमा हुनेछ ।
वर्तवान अवस्थामा फैलिएको कोभिड-१९ भाइरसबाट टाढै रहि घरमै बसिबसि आफुले चाहेको सामानहरुको पूर्ण जानकारी लिई बुकिङ र खरिद समेत गर्न सकिने छ ।

तसर्थ सिजी ब्राण्डले सम्पूर्ण ग्राहकहरुको जिवनशैलीलाई सरल र सहज बनाउने लक्ष्यका साथ तयार गरेको यो वेबसाईटबाट सम्पूर्ण सरोकारवाला लाभान्वित हुनेछन् भन्ने कम्पनीको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.