मानव स्रोत निर्माण गर्न सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता

  २०७७ साउन २८ गते १६:५५     विकासन्युज

काठमाडौं । वित्तीय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्न सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । बैंक र कलेज दुबैले साउन २८ गते सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

क्वेष्ट इन्टरनेशनल कलेज, ग्वार्को ललितपुरका तर्फबाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बिबिए, बिएचएम र एम बिए का कक्षा संचालन गर्दै आएको क्वेष्ट इन्टरनेशनल कलेजले व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका कक्षा संचालन गर्दै आएको छ र सात सय भन्दा वढी बिद्यार्थी अध्यनरत रहेको उक्त कलेजका विद्यार्थीहरुलाई आवश्यकता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले इन्टरनशिपको मौका पनि दिँदै आएको छ ।

उक्त समझदारी पत्रमा हस्ताक्षर भए पश्चात बैंकका कर्मचारीहरुले क्वेष्ट इन्टरनेशनल कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुविधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको छ । यो सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, वित्तीय क्षेत्र, उद्योग तथा व्यवसाय बिच देखिएको ठुलो खाडल क्रमशः पुरिदै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.