बुधबार काठमाडाैं उपत्यकामा एकैदिन १३८ जनामा देखियाे कोरोना

  २०७७ साउन २८ गते १६:३९     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा १३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३८ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।

संक्रमितहरु काठमाडाैंकाे १०९, ललितपुरकाे २१ र भक्तपुरकाे ८ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०६७ ललितपुरमा १७२ र भक्तपुरमा ११३ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १४४४ पुगेको छ ।

आज देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.