आज नेपालमा थप ४ सय ८४ जनामा काेराेना पुष्टि, ८ जनाकाे मृत्‍यु

  २०७७ साउन २८ गते १६:३४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकैदिन ८ जनाले काराेनाकाे कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ८४ जनामा कोराेना भाइरस देखिएको र ८ जनाले ज्यान गुमाएकाे बताए ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४ हजार ४ सय ३२ जना पुगेकाे छ भने मृत्‍यु हुनेकाे संख्या ९१ पुगेकाे छ ।

हाल क्वारेन्टिनमा १४ हजार ८ सय ४६ जना रहेका छन् भने आजसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.