बीमा कम्पनी ५० प्रतिशत कर्मचारीबाट मात्रै चलाउनु पर्ने, सवारी साधनमा जोर–बिजोर लागू हुने

  २०७७ साउन २८ गते १६:००     विकासन्युज

काठमाडौ । कोरोना महामारीको संक्रमण बढेसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई ५० प्रतिशत मात्रै कर्मचारी कार्यालयमा उपस्थित गराउन मिल्ने निर्देशन जारी गरेको छ । समितिले साउन २६ गतेको मन्त्री परिषद्को निर्णयलाई आधार मानी सो निर्देशन जारी गरेको हो ।

अब बीमा कम्पनीका कर्मचारीहरुले आलोपालो गरी ५० प्रतिशतसम्म मात्र कार्यालयमा कार्य सम्पादन गर्न मिल्ने तथा सवारी साधनको जोर बिजोर प्रणाली बीमा कम्पनीहरुले पालना गर्नु पर्ने भएको छ ।

समितिले बुधबार उक्त निर्देशन जारी  गरेकाे हाे । बीमा सेवा पनि अत्यावश्यक सेवाभित्र पर्ने बताइएकाे भएपनि याे क्षेत्रले पनि अन्य क्षेत्रकाे जस्तै गरी व्यवस्था गर्नुपर्ने भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.