कान्तिपुरका सहायक–सम्पादक बानियाँको शव मकवानपुरमा भेटियो

  २०७७ साउन २८ गते १४:२७     विकासन्युज

काठमाडाैं । दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरमा भेटिएकाे छ ।

उनकाे शब मंगलबार बिहान ११ बजे मकवानपुरको भिमफेदी गाउँपालिकास्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा फेला परेको महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

साेमबार दिउँसाेदेखि सम्पर्कविहिन भएका बानिँयाकाे माेबाईल लाेकेसन अन्तिमपटक साेमबार बल्खुमा देखिएकाे थियाे ।

आलाेचनात्मक धारका पत्रकार बानियाँ भ्रष्टाचार, बेतिथिबारे धेरै समाचार लेख्ने गर्थे ।  तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.