डिजिटल माध्यमलाई प्रोत्साहन दिनु, ५० प्रतिशत कर्मचारी मात्रै कार्यालय आउनु- सीईओ भट्टराई

  २०७७ साउन २८ गते १३:५१     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलेआफ्ना शाखा/उपशाखा र कर्मचारीलाई डिजिटल माध्यमलाई प्रोत्साहन दिन आग्रह गरेका छन् । कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले आफूलाई सुरक्षित बनाई कार्यालय र व्यवसायलाई निरन्तरता दिन उनले साे आग्रह गरेका हुन् ।

बुधबार एक सूचना जारी गर्दै इन्स्याेरेन्सले प्रधान कार्यालय र शाखा/उपशाखामा सर्तक हुँदै ज्वरो, खोकी र सास लिन गाह्रो हुनेलाई घरमा आराम गर्न लाउने र पिसिआर रिपोर्ट लिएमा मात्र काममा लगाउन आग्रह गरेको छ । त्यस्तै,
सरकार र स्वास्थ्य संस्थाले तोके अनसुार स्वास्थ्य मापदण्डहरु अनिवार्य रुपमा लागु गर्दै जान सबै कर्मचारीलाई आग्रह गरेको छ ।

सरकार र स्थानिय निकायले गरेको निषेधाज्ञा, लकडाउनलाई पूर्ण पालना गर्दै घरबाट इन्टरनेट, फोन, भाईबर र जुम माध्यमबाट सम्पूर्ण कारोबार सञ्चालनको व्यवस्था गर्न इन्स्योरेन्सले सबै शाखाका कर्मचारीलाई भनेको छ ।

प्रधान कार्यालयमा साउन २९ गतेबाट जोड बिजोड अनुसार ५० प्रतिशत कर्मचारीहरुबाट कार्यालय सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी गराएका छन् । त्यसैले सोही अनुसार शाखा/उपशाखाले सम्पर्क समन्वय गर्ने र ५० प्रतिशत कर्मचारीले घरबाट कार्यालयमा समन्वय गरी कामलाई निरन्तरता दिनुपर्ने छ ।

शाखा/उपशाखाले पनि भिडाभाड कम गर्ने, सकभर डिजिटल माध्यमबाट काम गर्ने गराउने र निषेधाज्ञा र लकडाउन नभएका ठाउँको शाखा/उपशाखा अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने छ । प्रधान कार्यालय दैनिक संचालनमा हुने भएकाले सम्पर्कमा रहन कम्पनीले आग्रह गरेको छ ।

साथै, यस सम्बन्धी कुनै समस्या परेमा दुई जना नायब प्रमुख कार्यकारी अधिकृत र मार्केटिङ्ग प्रमुखसँग सम्पर्कमा रहने इन्स्योरेन्सले आग्रह गरेको छ ।

इन्स्योरेन्सले अर्को सूचना नहुनजेलसम्म यो व्यवस्था लागू गरी कार्यालय र व्यवसायलाई निरन्तरता दिन सबै कर्मचारीलाई आग्रह गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.