एशियन लाइफ इन्स्योरेन्सको नाफा ७८ प्रतिशतले बढ्यो, बीमा शुल्कले नाघ्यो साढे ४ अर्ब

  २०७७ साउन २८ गते ११:३५     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा १८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७८.४२ प्रतिशत अर्थात ७ करोड ९९ लाख रुपैयाँ बढी हो ।

अघिल्लो आर्थिक वर्षको सो अवधिमा इन्स्योरेन्सले १० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले नाफासँगै खुद बीमा शुल्कमा पनि वृद्धि गरेको छ । गत आर्थिक वर्षमा यस कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

२ लाख ९० हजार वटा बीमालेख जारी गरेको कम्पनीले ७ हजार एक सय ५८ वटा दावी मार्फत एक अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०४ पैसा छ भने प्रति सेयर नेटवर्थ १३०.२५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार २ सय ३० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.