सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घट्याे, प्रतितोला कति पुग्याे ?

  २०७७ साउन २८ गते ११:१३     विकासन्युज

काठमाडाैं । बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे जनाएकाे हाे ।

याेसँगै सुन बुधबार प्रतितोला ९५ हजार ४ सयमा काराेवार भईरहेकाे महासंघले जनाएकाे छ ।मंगलबार सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोवार भइरहेको छ भने चाँदीको मुल्य प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २ सय १० मा कारोवार भइरहेको छ । मंगलबार चाँदी  प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा काराेवार भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.