अब केन्द्र सरकारले लकडाउन नगर्ने

  २०७७ साउन २७ गते १७:४४     विकासन्युज

काठमाडौं । अब केन्द्र सरकारले देशव्यापी लकडाउन नगर्ने भएको छ । देशमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि सरकारले देशव्यापी रुपमा लकडाउन नगर्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्ने तर अब केन्द्र सरकारले लकडाउन नगर्ने बताएका हुन् ।

‘हामीले मुलुकव्यापी लकडाउन गरेका छैनौं। मन्त्रिपरिषदका निर्णयमा कहिँ पनि लकडाउन शब्द लेखिएको छैन, कुनै जिल्ला कोरोनामुक्त भइसकेका छन्, अब लकडाउन जरूरी पनि छैन। कोरोना बढेका ठाउँमा जोखिम हेरेर सिडिओ र स्थानीय तहलाई अधिकार दिइएको छ, खतिवडाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.