अब होटल र रेष्टुराँमा बसेर खानेलाई सरकारले कारवाही गर्ने

  २०७७ साउन २७ गते १७:२३     विकासन्युज

काठमाडौं । सरकारले अबदेखि होटल तथा रेष्टुराँमा बसेर खानलाई रोक लगाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् ।

उनले अब होटल तथा रेष्टुराँमा बसेर खान नपाइने र टेक अवे सेवा मात्र संचालन हुने बताएका हुन् । सरकारको नियमलाई पालना नगर्नेलाई नियम अनुसार कारवाही गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.