अब यी १० नाकाबाट मात्रै नेपाल आउन पाइने

  २०७७ साउन २७ गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल सरकारले अब विभिन्न १० नाकाबाट मात्र नेपाल आउन पाइने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले देशका विभिन्न १० नाकाबाट मात्रै नेपाल आउन पाइने भएको बताए ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने बताए ।

स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.