थापाथलीकाे प्रसूति अस्पतालमा पनि काेराेना परीक्षण सुरु

  २०७७ साउन २७ गते १६:१५     विकासन्युज

काठमाडौं । थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काेराेना भाईरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा कोभिड-१९ परीक्षण सुरु भएको हो ।

अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उ्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरे ।

महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेको हो । महानगरले पीसीआर मेसिन सहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ ।

अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताईन् । उनले संक्रमणको महामारीको अवसथामा अस्पताल भित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने बताईन् ।

अस्पतालले कोभिड-१९ संक्रमणको आशंका लागेका विरामीलाई कुपण्डोल स्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको र पीसीआर परीक्षणको ल्याब सुरु भएपछि उपचारका लागि थप सहज हुने विश्वास मिश्राले व्यक्त गरिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.