सिटी एक्सप्रेसद्वारा ‘हरेक कारोबारमा आकर्षक उपहार’ याेजनाका विजेताहरु घोषणा

  २०७७ साउन २७ गते १५:४५     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै ईनाज बैंक एल बिलाडसँगको सहकार्यमा सुरु गरेकाे योजनाको विजेता घोषण गरेको छ ।

यस योजना अन्तर्गत ४५ जना बिजेताहरुले सिसटी म्याक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो ।

सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । यस कोभिड-१९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.