घर बनाउनेका लागि सुवर्ण अवसरः बैंकको ब्याजदरदेखि निर्माण सामग्रीको मूल्य सस्तियो

  २०७७ साउन २७ गते १५:०९     सन्ताेष राेकाया

काठमाडां । भनिन्छ नि हरेक महामारी अर्थात संकटले अवसर पनि सँगै लिएर आउँछ । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पनि जति मानवीय तथा आर्थिक क्षति गरको छ त्यही अनुसारको अवसर पनि अवश्य सिर्जना गरेको छ ।

याे महामारीले एउटा त्यस्तै अवसर ल्याएकाे छ एउटा चिटिक्क र आफ्नो चाहनाको घर निर्माण गर्नेहरुका लागि । कम लागतमा एउटा सुन्दर र चिटिक्क परेको घर निर्माण गर्ने रहर कुन परिवारलाई हुँदैन र ? हो, त्यस्तै चाहना भएका घर परिवारलाई अहिले चौतर्फी रुपमा अवसरका ढोकाहरु खुल्ला भएका छन् ।

एउटा अर्काे भनाई पनि छ नि अवसर एक पटक आउँछ जसले त्यो अवसरको सही सदुपयोग गरी लाभ लिन सक्छ उही सफल बन्छ । हो, त्यस्तै एउटा अवसर अहिले घर निर्माण गर्नेहरुका लागि आएको छ ।

अन्य समयमा सकी नसकी अर्थात धेरै खर्च  गर्ने चाहना नहुँदै पनि लाखौं करोडौं रुपैयाँ खर्च गरेर तपाई हामीले घर निर्माण गर्दै आएका छौं । तर, अहिले भने चाैतर्फी रुपमा  त्यो बाध्यता टरेको छ ।

अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले घर बनाउनेहरुका लागि आकर्षक घर कर्जा स्कीमदेखि घरलाई आवश्यक पर्ने निर्माण सामग्री उत्पादकहरुले पनि निर्माण सामग्रीको मूल्यमा छुट दिइरहेका छन् ।

यदि तपाईँ घर बनाउने सोचमा हुनुहुन्छ भने तपाईको लागि यो यस्ताे समय सायद बिरलै आउँछ । घर कर्जामा १० देखि १५ प्रतिशतसम्म ब्यादर तिर्नु परेको बाध्यता टरेर त्यो ब्याजदर अहिले ७/८ प्रतिशतमा झरेको छ । जसले तपाईँ हामीलाई घर बनाउन एकदमै मद्दत पुग्छ ।

त्यस्तै तपाईँ हामीले घर बनाउनकै लागि धेरै खर्च गर्नु पर्ने निर्माण सामग्रीमा पनि हो । तिनै निर्माण सामग्रीको मूल्य पनि अहिले सस्तो हुँदै गएको छ । अहिले बजारमा निर्माण सामाग्रीहरु समेन्ट, छड, गिट्टी र बालुवाको मूल्य पहिलेको भन्दा घटेको छ ।

यी विभिन्न विषयमा हामीलाई छुट मिलेपछि हामीलाई पहिले घर बनाउनुभन्दा १० प्रतिशतसम्म कम लागत लाग्ने जानकारहरु बताउँछन् ।

कोरोना भाइरसको महामारीमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएपछि  बैंकहरुले सस्तो ब्याजदरमा अर्थात एकल अंकमा कर्जा लागनी गरिरहेका छन् । त्यस्तै अहिले पूर्वाधार निर्माणको अफसिजन सुरु भइसकेकोले पनि निर्माण सामग्री उत्पादकहरुले पनि निर्माण साम्रगीको मूल्य घटाएका हुन् ।

यसको दोहोरो फाइदा घर निर्माण गर्नेहरु अर्थात उपभोक्ताहरुलाई भएको छ । विभिन्न बैंकहरुले अहिले घर कर्जामा विभिन्न स्कीमहरु ल्याएर कर्जा दिइरहेका छन् । कोरोना सन्त्रासकै बीच घरजग्गा जाेड्न चाहनेहरुलाई कुन बैंकले कति ब्याजदरमा कर्जा दिइरहेको छन् अर्थात कस्ता स्कीम ल्याएका छन् भन्ने पढ्न यहाँ क्लिक गर्नुस् ।

यस्तै, हार्डवेयर व्यवसायीका अनुसार अहिले काठमाडौं उपत्यकामा सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँसम्म घटेको छ । यसअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ८ सय ३० रुपैयाँ र पीपीसी सिमेन्ट मूल्य प्रतिबोरा ७ सय रुपैयाँ थियो । अहिले तिनीहरुको मूल्य घटेर ओपीसी सिमेन्ट बोराको ७ सय ८० रुपैयाँ र पीपीसी सिमेन्ट ६ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले अहिले सिमेन्टको मूल्य घटेको जानकारी दिए । ‘कोरोना भाइरसको कारण उपभोक्तालाई धेरै समस्या छ, त्यसको कारण स्वरुप र अफसिजन भएकोले पनि माग कम भएकोले मूलय पनि सस्तो भएको हो,’ उनले भने ।

उनका अनुसार अहिले उधारो सिमेन्ट बिक्री नगर्ने बरु न्यूनतम मूल्यमा बिक्री गर्ने उद्धेश्यका लागि मूल्य घटाएको हो । डिलरलाई दिइने कमिसन पनि घटाएको उनको भनाई छ । उनले वार्षिक स्कीम, मासिक स्कीम, बोनस जुनसुकै स्कीमको सीमा प्रति बोरा २० रुपैयाँ नाघ्न नपाइने निर्णय समेत गरेको बताए ।

अहिले सिमेन्टको मात्र होइन सम्पूर्ण निर्माण सामग्रीहरुको मूल्य सस्तिएको छ घर निर्माणका लागि आवश्यक पर्ने डन्डी, बालुवा र गिट्टीको मूल्य पनि घटेको बताइएको छ । अहिले डन्डीको मूल्य प्रतिकिलो ७० रुपैयाँमा कारोबार भइरहेको बताइएको छ । यसअभि डण्डिको मूल्य ७७ देखि ८० रुपैयाँसम्म पर्थ्यो । यस्तै बालुवा र गिट्टीको मूल्य पनि सस्तो भएको छ ।

बालुवा र गिट्टीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । अहिले प्रति क्यू फिट बालुवाको मूल्य ९० रुपैयाँ पर्छ भने पहिले यसको मूल्य १०५ रुपैयाँ रहेको थियो । यस्तै गिट्टी पनि पहिले एक सय र अहिले ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

One comment on "घर बनाउनेका लागि सुवर्ण अवसरः बैंकको ब्याजदरदेखि निर्माण सामग्रीको मूल्य सस्तियो"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.