गोंगबु हत्याकाण्डको रहस्य पर्दाफासः यसरी बुनिएको रहेछ योजना

  २०७७ साउन २७ गते १२:३२     विकासन्युज

काठमाडौं । गांगबु हत्याकाण्डको रहस्य खुलेको छ । आज प्रहरीले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गर्ने कल्पना मुडभरी र उनकी छोरीलाई सार्वजनिक गर्दै घटनाको रहस्य बताएको हो ।

प्रहरी अनुसन्धानको क्रममा अभियुक्तले दहीमा ५ वटा निद्राको औषधि मिसाई खान दिएको र सो खाएपछि मृतक सुतेको मौकामा फलामको ह्याम्मरले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले पहिला अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन्। त्यसपछि सलले घाँटी कसेकी थिइन्।  त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँटीमा थिचेपछि मृत्यु भएको प्रहरीको भनाइ छ ।

कृष्णको लास गत आइतबार गोंगबु नजिकै सुटकेसभित्र राखिएको अवस्थामा फेला परेको थियो । मृतकको शव आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो ।

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्डका आरोपी मुडभरी र मृतक बोहोराबीच करिब ३-४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भई सम्पर्क हुँदै आएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ । अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । बोहोरा र उनीबीच अन्तरंग सम्बन्ध रहेको, बोहोराले आफ्नो नाङ्गो फोटो फेसबुकमा हाल्न थालेपछि हत्या गरेको बयान उनले दिएको प्रहरीले जनाएको छ ।

आजको पत्रकार सम्मेलनमा प्रहरीले कल्पनाले बोहराको हत्यापछि शवको टाउको छिनाई झोलामा राखी आफै फाल्न गएको खुलाएको छ ।

शवको व्यवस्थापन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्समार्फत चितवन पुगेको अनुसन्धानबाट खुल्न आएको छ भने अनुसन्धानकै क्रममा उनी र उनकी छोरीको शव व्यवस्थापनमा संलग्नता रहेको खुलेपछि दुबैलाई चितवनबाट सोमबार राती नै काठमाडाैं ल्याइ आज सार्वजनिक गरेको हो ।

घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ ।

कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.