आज सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

  २०७७ साउन २७ गते ११:४०     विकासन्युज

काठमाडाैं । मंगलबार सुनको मूल्यमा ८ सयले गिरावट आएकाे छ । मंगलबार सुनको मूल्य तोलामा ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रति तोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रति तोला १ लाख १ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४ सय ३५ मा कारोबार भइरहेको छ । सोमबार चाँदीको मुल्य १ हजार ३ सय ९५ रुपैयाँमा काराेबार भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.