लिवर्टी ईनजीले भदौ ३ गतेदेखि आईपीओ जारी गर्दै, कति दिन पाइन्छ आवेदन ?

  २०७७ साउन २७ गते ११:३५     विकासन्युज

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले आगामी भदौ ३ गतेदेखि साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ३५ करोड ६४ लाख रुपैयाँबराबरको सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्काशन गरी बाँकी रहेको १३ लाख १५ हजार ९ सय ३० कित्ता समेत गरी सर्वासाधारणमा निष्कासन गर्न लागेको हो । जसमा सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुलाई छुट्याएको सेयर समेत सामावेश भएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले गत साउन २१ गतेसम्म स्थानीयलाई आईपीओ बिक्री गरी गत साउन २४ गते बाँडफाँड समेत गरी सकेको छ । स्थानीयलाई बाँडफाँट गरेपश्चात कम्पनीले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेकाे उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.