कोरोना संक्रमण फैलिएको ठाउँमा बीमा कम्पनीका कार्यालय खोल्ने कि बन्द गर्ने ? यसो भन्छ बीमा समिति

  २०७७ साउन २७ गते ८:४६     नविन पोखरेल

काठमाडौं । बीमा कम्पनीहरुले कोरोना महामारीको असर बढिरहेको बेलामा आफ्नो सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् ।

बीमा आफैले जोखिम बहन गर्ने संस्था भएको तथा बिमितको आर्थिक सरोकार हुने भएकाले सेवा थप प्रभावकारी हुनुपर्ने निष्कर्ष कम्पनीहरुको निकालेका हुन् ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलका अनुसार अहिलेको अवस्था विपतको अवस्था भएकाले बीमा कम्पनीहरुले आफैले बुझेर सुरक्षा मापदण्ड अपनाई आवश्यकता अनुसार कार्यालय संचालन गरिरहेका छन् ।

‘अहिलेको अवस्था भनेको केही संकटको अवस्था पनि हो, यस्तो बेलामा हामीले अनिवार्य रुपमा कार्यालय खोल वा बन्द गर भनेका छैनौं, बीमा कम्पनीका म्यानेजरहरुले आफै सल्लाह गरेर सुरक्षा मापदण्ड अपनाई काम गर्न हामीले सुझाएका छौं,’ कार्यकारी निर्देशक तथा प्रवक्ता पौडेलले विकासन्यूजसँग भने ।

समितिले बीमा कम्पनीहरुलाई शाखा खोल्ने वा बन्द गर्ने विषयमा कुनै लिखित निर्देशन नदिएपनि मौखिक रुपमा भने सुझाव दिइरहेको बताएको छ ।

‘सिफ्टमार्फत संचालन गरेपनि, वोर्क फ्रम होम गर्दा होस् वा बीमा कम्पनीमै आएका काम गर्दा होस्, जनस्वस्थ्यसँग खेलबाड गर्नु हुदैन भन्ने हाम्रो भनाइ हो, बीमा कम्पनीहरुलाई पनि यही कुरा भनिरहेका छौं, सुरक्षित रहेर सेवा दिनु अहिलेको आवश्यकता हो’, कार्यकारी निर्देशक पौडेलले थपे ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रकीका अनुसार बीमा कम्पनीहरुले बिमितलाई दिने सेवामा कुनै समस्या आएको छैन ।

‘हामीले कोरोना महामारीका कारण सिल भएका क्षेत्रमा समेत बीमा सेवा प्रवाह गरिरहेका छौँ, त्यस्ता स्थानमा हामीले वर्क फ्रम होमको अवधारणा अपनाई रहेका छौँ, कोरोनाकोे प्रभाव कम भएको स्थानमा भने ५० प्रतिशत कर्मचारीहरु कार्यालयमा बोलाएर काम गरिरहेका छौँ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले भने ।

उनले कोरोनाको जोखिम हरकोहीलाई भएपनि यस्तो अवस्थामा बिमितलाई पैसाको समेत अवश्यकता उत्तिकै हुने भएकोले दाबी भुक्तानीमा कुनै समस्या नआउने गरी द्रुत सेवा दिएको जानकारी दिए ।

कोरोना महामारीको असर प्रत्यक्ष्य–अप्रत्यक्ष रुपमा कलकारखाना, कम्पनीहरुलाई समेत परेको छ । सामान्य रुपमा काम गर्न समेत सहज छैन । यस्तो अवस्थामा नेपालका बीमा कम्पनीहरुपनि कोरोनाको कहरबाट अछुतो छैनन् ।

असरबारे अध्ययन हुँदै

बीमा समितिले पनि कोरोनाले बीमा क्षेत्रमा पारेको असरको बारेमा अध्ययनपछि मात्र आँकलन गर्न सकिने बताएको छ । अहिले कोरोनाबाट अन्य क्षेत्र प्रभावित भइरहेको अवस्थामा बीमा क्षेत्रले समेत यसको असर प्रत्यक्ष रुपमा भोग्दै आएको छ ।

केही कम्पनीहरुले २ सिफ्टमा सेवा दिइरहेका छन् भने केही कम्पनीमा अत्यावश्यक कामका लागि थोरै कर्मचारी कार्यालय आइरहेका छन् ।

जोखिम बढेका ठाउँमा कार्यालय बन्द

बीमा कम्पनीहरुले कोरोना संक्रमण देखिएको अवस्थामा कार्यालय बन्द गर्दा पनि हुने आशय व्यक्त गरेको छ । आवश्यक परेको अवस्थामा स्वस्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरेर सेवा दिन समितिले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.