शैक्षिक संस्था भदौ १६ गतेदेखि मात्रै खुल्ने, सीमा नाकामा थप कडाई गरियो

  २०७७ साउन २६ गते २१:१३     विकासन्युज

काठमाडाैं । सरकारले शैक्षिक संस्था भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाहरु भदाै १६ गतेपछि मात्रै अवस्था हेरेर खाेल्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए ।

यस अघि सरकारले भदाै १ गतेदेखि शैक्षिक संस्थाहरुमा भर्ना लिन सक्ने निर्णय गरेकाे थियाे । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खाेल्ने निर्णय गरेको थियो ।

तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो । साेही अनुसार नै मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे ।

यस्तै, सरकारले सीमा नाकामा थप कडाई गर्ने भएकाे छ । मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.