मन्त्रिपरिषद् बैठककाे निर्णयः लामो दूरीका यातायात र हवाई सेवा भदौ १५ गतेसम्मका लागि बन्द

  २०७७ साउन २६ गते २०:४५     विकासन्युज

काठमाडाैं । आज बसेकाे मन्त्रिपरिषद् बैठकले  लामो दूरीका यातायात, हवाई उडान सेवा र शिक्षण संस्था नखुलाउने निर्णय गरेकाे छ । यसअघि भदाै १ गतेबाट यी सबै सेवाहरु सञ्चालन गर्ने निर्णय गरेपनि अब ती सेवाहरु भदाै १५ गतेसम्मका लागि  बन्द नै राख्ने निर्णय गरिएकाे हाे ।

एक मन्त्रीका अनुसार भदाै १५ गतेसम्मका लागि यी सेवाहरु बन्द अवस्थामा नै रहने छन् । हिजाे बसेकाे कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले पनि यी सेवाहरु स्थगित गर्न  प्रस्ताव गरेकाे थियाे ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि  गरेकाे ती मन्त्रीले बताए ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.