ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख रुपैयाँ सहयोग गर्ने

  २०७७ साउन २६ गते १८:२२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेकाे हाम्रो विकास प्रवद्र्धन कोष मार्फत सो रकम दिने गरी सम्झौता भएको हो ।

बैंकको १२औं वार्षिकोत्सवको अवसर पारेर सो सम्झौता भएको हो । आविस्कार केन्द्रलाई न्यानाे नानी  बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने उद्धेश्यले आज सो सहयोग गर्ने सम्झौता भएको हो ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा महावीर पुनले हस्ताक्षर गरेका हुन् ।

बैंकले १० वटा बेबी वार्मर बनाउनको लागि सो रकम सहयोग गर्ने भएको हो । बैंकले सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१ अर्व रुपैयाँ लगानी गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.