सबै अस्पतालहरुलाई काेराेनाका बिरामीकाे लागि २० प्रतिशत बेड छुटाउन आदेश

  २०७७ साउन २६ गते १६:४९     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक अस्पताललाई काेभिड-१९ बिरामीकाे लागि २० प्रतिशत शैया छुटाउन आदेश दिएकाे छ ।

मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा साेमबार प्रवक्ता प्रा.डा जागेश्वर गाैतमले हरेक अस्पतालले काेभिड-१९ बिरामीकाे उपचारकाे लागि २० शैया छुटाउनु पर्ने बताएका हुन् ।

‘सबै निजि सामुदायिक सरकारी गैर सरकारी अस्पतालहरुले आफ्नाे अस्पतालमा २० प्रतिशत शैया काेभिड बिरामीहरुकाे लागि छुट्याई सम्बन्धित हब अस्पतालबाट स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउने र हब अस्पताल भित्रकाे स्याटलाईट अस्पतालका बिरामीहरुकाे व्यवस्थापन हब अस्पतालले नै गर्ने सुचना जारी गरिएकाे छ,’ गाैतमले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.