सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’: साढे ३ लाख डिस्काउन्ट, एक्स्चेञ्जमा २ लाख बाेनस

  २०७७ साउन २६ गते ११:४७     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ । सीजी मोटोकर्पले साउन २६ गतेदेखि सुरु हुनेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

यो योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन् ।

कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्युनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ ।

यो योजना ३२ साउनसम्म अर्थात ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.