सिजीले लञ्च गर्यो एलजी नेपालकाे आधिकारीक वेवसाईट, सबै उत्पादनहरु घरबाटै बुक गर्न सकिने

  २०७७ साउन २६ गते १०:५०     विकासन्युज

काठमाडौं । सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. नेपालको आधिकारीक वेवसाईट एलजीनेपालडटकम लञ्च गरेको छ । यो वेबसाईट मार्फत उपभोक्ताले एल.जी. को घरायसी उत्पादनहरुको बारेमा जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा उपभोक्ताहरुले मुल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्नेछन् ।

एल.जी.को कुनै पनि नयाँ उत्पादन आएको र सो को विशेषता यस वेबसाईटबाट प्राप्त गर्न सकिनेछ । एल.जी. को उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईट बाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

अब ग्राहकलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एल.जी.का उत्पादनहरु बुक पनि गर्न सकिनेछ ।

यस वेबसाईटले एल.जी. का सबै उत्पादनहरु जस्तै एल.ई.डि टि.भी, रेफ्रिजेरेटर, वासिङ मेसिन, ए.सि., एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरुको बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ ।

उपभोक्ताहरुले आफ्नो नजिकैको एल.जी. को शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन् । अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताहरुको जीवनशैली सरल बनाउने लक्ष्यका साथ एल.जी.नेपाल डट कम वेबसाईट कम्पनीले ल्याएको र यसले एल.जी.का ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

One comment on "सिजीले लञ्च गर्यो एलजी नेपालकाे आधिकारीक वेवसाईट, सबै उत्पादनहरु घरबाटै बुक गर्न सकिने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.