उपत्यकामै २१ प्रतिशतले लगाउँदैनन् मास्क

  २०७७ साउन २५ गते १७:१२     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यकामै २१.१ प्रतिशत मानिसहरुले मास्क नलाउने गरेकाे पाइएकाे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उपत्यकामा गरेको सर्वेक्षणमा २१.१ प्रतिशतले मास्क नलगाउने देखाएको हाे

उक्त सर्वेक्षण उपत्यकाको विभिन्न २३ वटा सार्वजनिक स्थल तरकारी बजार, बैक, सरकारी तथा निजि अस्पताल, सपिङ मलमा गरेकाे सर्वेक्षणमा साे नतिजा आएकाे हाे । ४५ सय २ जनामा गरेको सर्वेक्षण मात्र ७२.२ ले मास्क लगाएको पाइएको सर्वेक्षणले देखाएको छ ।

सर्वक्षमा ४६ जना तालिम प्राप्त व्यक्ति र ६ जनाको विज्ञ टोली खटेका थिए । मास्क लगाउनेमा पनि कपडाको मास्क लगाउनेको संख्या १५.८ प्रतिशत रहेकाे परिषद्का सदस्य सचिव प्रदिप ज्ञवालीले बताए ।

यस्तै, सार्वजनिक स्थलमा जम्म २७ सय ३ जनामा गरिएको सर्वेक्षणमा सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ रहेको छ ।  मास्कलाई नाक मुनी, चिउँडाेमा लाउने, हातमा राख्ने र सही तरिकाले नलगाउनेको संख्या २७.३४ प्रतिशत रहेको पाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.