सरकारी चिकित्सक संघको अध्यक्षमा डा. रविन खड्का विजयी

  २०७७ साउन २५ गते ९:२७     विकासन्युज

काठमाडौं । सरकारी चिकित्सक संघमा डा. रविन खड्का विजयी भएका छन्। डा‌. खड्का संघको शनिबार भएको विधुतिय मतदानमा ४८० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी डा. समाज गौतमले भने २३७ मत ल्याएका छन्।

संघको वरिष्ठ उपाध्यक्षमा ४३९ मत सहित डा. विजय थापा विजयी भएका छन् भने संघकाे उपाध्यक्षमा ४६६ मत सहित डा. सुशील मोहन भट्टराई विजयी भएका छन् ।

यस्तै महासचिवमा डा. किर्तिपाल सुवेदी ४०९ मत ल्याएर विजयी भएका छन् भने सचिवमा  ४२८ मत सहित डा. रोशन भगत चौरासिया विजयी भएका छन् । कोषाध्यक्षमा सबैभन्दा बढी  ५०३ मत प्राप्त गर्दै डा. सुधा साही विजयी भएकी छिन् ।

यस्तै संघको सदस्यमा डा. गौरव शाह, डा. हेमा जोशी, डा. कपिल गौतम, डा. कुशल खनाल, डा. प्रकाश भट्टराई, डा. विजय कुमार मेहता, डा. अर्चना केसी, डा. विजय गुरुङ र डा. सुशन भट्टराई निर्वाचित भएका छन्।

उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.