नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड, लाभांशमा नगद र बोनस दुबै सम्भावना

  २०७७ साउन २५ गते ८:२८     विकासन्युज

काठमाडौं । नेपाल बैंकले नाफा २ अर्ब ५५ करोड खुद नाफा आर्जन गरेको छ । असार मसान्तको वित्तीय विवरण प्रकाशित गर्दै बैंकले सेयरधनीलाई वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँ रहेकाे जनाएकाे छ ।

बैंकको सेयर पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ । गत वर्षको नाफा र सेयर प्रिमियमसमेतलाई हेर्दा बैंकले सेयरधनीलाई नगद र बोनस दुबै लाभांश दिने सम्भावना रहेको छ । सेयर प्रिमियम रकम १ अर्ब ७८ करोड रुपैयाँ छ । उक्त रकम बैंकले बोनस सेयरमार्फत मात्र वितरण गर्नसक्छ ।

बैंकको सेयर पुँजी, सेयर प्रिमियम, अवितरित नाफा, संचित कोष सहितसहित कुल पुँजी ३० अर्ब १८ करोड छ । अर्थात ३० अर्ब १३ करोड रुपैयाँ पुँजी परिचालन गरेर बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेकाे हो ।

बैंकको सञ्चालन नाफा ३ अर्ब ५६ करोड रुपैयाँ छ । गैर सञ्चालन नाफा २७ करोड ५८ लाख रुपैयाँ थपेर बैंकले कर अघिको नाफा ३ अर्ब ८४ करोड आर्जन गरेको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १६.६८ प्रतिशत रहेको छ । खराव कर्जा अनुपात २.५९ प्रतिशत छ । निक्षेप कर्जा अनुपात ६५ प्रतिशत छ । बेसरेट ६.९९ प्रतिशत छ भने स्प्रेडदर ३.७० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.