मोटरसाइकल रिभ्यू : बिएमडब्लु जि ३१० जिएस

  २०७७ साउन २४ गते १३:५०     विकासन्युज

काठमाडौं । बिएमडब्लु मोटरेडले सन् २०१८ को अन्त्यतिर जि३१०जिएस नामक टुरिङ्ग मोटरसाइकललाई नेपाल भित्र्याएको थियो । जि३१० जिएस एउटा इन्ट्री लेभल टुरिङ्ग मोटरसाइकल हो जुन नर्मल मोटरसाइकलबाट टुरिङ्ग मोटरसाइकलतर्फ उक्लन चाहनेहरुलाई लक्षित गर्दै नेपाल ल्याइएको हो ।

यस मोटरसाइकलमा ३१३ सीसीको इञ्जिन दिइएको छ जसले ३३.६ बीएचपीको पावर र २८ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस मोटरसाइकलमा ६ गियरहरु रहेका छन् । जि३१०जिएसको फ्रन्ट र रियर दुवै साइडमा १८० मिलिमिटरको सस्पेन्सन ट्राभल रहेको हुँदा यसको राइड क्वालिटी अफरोडमा पनि इम्प्रुभ भएको छ ।

सेफ्टि फिचरको रुपमा डुअल च्यानल एबीएस दिइएको यस मोटरसाइकलको रियर ह्विलको एबीएसलाई टर्न अफ पनि गर्न सकिन्छ । यस मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २२० मिलिमिटर रहेको छ र त्यसैगरी फ्रन्ट ह्विल भने १९ इञ्चको छ जसले यस मोटरसाइकललाई एक्स्ट्रीम अफरोडमा समेत कुदाउन मिल्ने बनाएको छ । यस मोटरसाइकलमा लगाइएका डुअल पर्पोज नव्वि टायरहरु मेट्जेलर कम्पनीका हुन् र यी टायरहरु टुरिङ्गका साथै अफरोडिङ्गका लागि समेत उपयुक्त मानिन्छन् ।

सिट आरामदायक हुनु, टप बक्सको लागि होल्डर लगाइनु जस्ता कारणहरुले यस मोटरसाइकललाई टुरिङ्ग फ्रेण्ड्ली त बनाएको छ तर यति हुँदाहुँदै पनि यसको ट्याङ्क क्यापासिटी समेत अलि बढि भइदिएको भए यसको टुरिङ्ग रेञ्ज पनि धेरै हुने थियो भन्ने हामिले महसुस गर्यौं । नेपाली बजारमा तपाईंले रेड र ब्ल्याक कलरको यो मोटरसाइकललाई १० लाख ९० हजार रुपायाँमा किन्न सक्नुहुन्छ भने ह्वाइट कलरको लाई चाहिँ ११ लाख १५ हजार रुपैयाँमा किन्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.